काठमाडौँ, जेठ १३ गते । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाहलाई बैठकमा उपस्थित हुन सभामुखबाट ‘रूलिङ’ हुनुपर्ने माग दोहो¥याउँदै त्यसो नहुँदासम्म आफ्नो विरोध कायमै रहने बताउनुभयो ।

सभामुख डोलप्रसाद अर्यालले सांसद राईलाई आशन ग्रहण गर्न आग्रह गर्नुभयो । यसपछि सांसद राईले बस्न नमानेर बैठक बहिष्कार गर्नुभयो ।




