खासकुरा संवाददाता
हेटौँडा, जेठ १३ गते । हेटौँडा उपमहानगरपालिका १८ नं. वडा कार्यालयले २०८२ सालको एसइईमा उत्कृष्ट अंक ल्याउने वडाभित्रका विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको छ । बुधबार वडाको शिक्षा समितिद्वारा आयोजित कार्यक्रममा दुई सामुदायिक विद्यालय र एक निजी विद्यालयका गरी जम्मा २४ जना विद्यार्थीलाई नगदसहित सम्मान गरिएको हो ।
एसइईमा ए प्लस ग्रेड ल्याउने विद्यार्थीहरुमध्ये ज्योति माविका प्रतिष्ठा श्रेष्ठ, निर्जन दुलाल, युनिषा खड्का, र शुभम दाहाल, गोरक्षनाथ माविका अमृत पौडेल, मकवानपुर बाल विद्या सदनका आयुष गोपाली, अंकिता गिरी, प्रिन्शा कार्की र पुनम थापालाई जनही ५÷५ हजार नगद र प्रमाणपत्रसहित सम्मानित हुनुभयो ।
यसैगरी ए ग्रेड प्राप्त गर्ने विद्यार्थीहरु ज्योति माविका बुनिका पाख्रिन, संयोगी भुलुन, रोहित घर्तिमगर, जिसिका पौडेल, रिजन भण्डारी र जुनु के.सी., गोरक्षनाथ माविका सुदिप तामाङ र मकवानपुर बाल विद्या सदनका अविरल गोले, एलिसा बानियाँ, प्रिन्स राउत,पुष्प न्यौपाने, रिजु कार्की, तेज बहादुर विश्वकर्मा र आरुष महत जनही ३ हजार ५ सय नगदसहित प्रमाणपत्रा सम्मान गरिएको छ ।
एसइईमा आ–आफ्नो विषयमा शतप्रतिशत नतिजा ल्याउन सफल विषयगत शिक्षकहरु ज्योति माविका रत्नलाल कंडेल(नेपाली),जानकी तिमल्सिना(कम्प्युटर), रेखाचन्द शर्मा साह(अंग्रेजी) यसैगरी गोरक्षनाथ माविका मिना श्रेष्ठ थापा(सामाजिक), सन्तोष साह कानु(ऐ.गणित), मकवानपुर बाल विद्या सदनबाट रवि वर्नबाल(विज्ञान),गोपाल घिमिरे(गणित),सिर्जना थापा मगर(अंग्रेजी र वातावरण विज्ञान), सरोज दाहाल(नेपाली) र छविलाल श्रेष्ठ(सामाजिक) लाई कार्यक्रममा नगदसहित सम्मान गरिएको थियोे ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं १८ नम्बरका वडाध्यक्ष अनिल कुमार बानियाँले ज्योति माविमा शैक्षिक सत्र २०८३ को कक्षा ११ मा जुनसुकै विषय लिएर पढ्न चाहने विद्यार्थीहरुलाई कार्यालयले निःशुल्क पठनपाठनको व्यवस्था गर्ने बताउनुभयो । उहाँले एसइईमा गतवर्षको तुलनामा यसवर्ष केही प्रगति भएको र आगामी दिनहरुमा अझै शतप्रतिशत नजिता हासिल गर्न सबै पक्षले आजैबाट भरपुर तयारी गर्नतर्फ लाग्न सुझाब दिनुभयो ।
गत शैक्षिक सत्रमा ज्योतिबाट ६६.१३, गोरक्षनाथबाट ४६.६७ र मकवानपुर बाल विद्याबाट ९४.१२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
कार्यक्रममा वडा सदस्य योगराज खतिवडा, मकवानपुर बाल विद्या सदनका प्रधानाध्यापक सुदिप राज गिरीलगायतले बोल्नुभएको थियो ।




