काठमाडौँ, जेठ १५ गते । मन्त्रीपरिषद् बैठकबाट आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट स्वीकृत भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनु भएको मन्त्रीपरिषद् बैठकले बजेट स्वीकृत गरेको सरकारका प्रवक्ता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताउनुभयो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आजै अपराह्न ४ बजे संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण (बजेट) पेस गर्ने कार्यक्रम रहेको छ ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते नै सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ ।




