अनसनरत डा केसीलाई अस्पताल भर्ना गरियो

लोकप्रिय

धनगढी, साउन ९ गते । तीन दिन देखि अनसनरत डा. गोविन्द केसीलाई अस्पताल भर्ना गरिएको छ । स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि केसीलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।

आइसियुमा राखेर उहाँको उपचार भइरहेको छ । स्वास्थ्य अवस्था कमजोर देखिएपछि चिकित्सकको सल्लाहमा डा.केसीलाई सेती प्रादेशिक अस्पतालको (२ न. बेड), आइसियुमा राखिएको स्थानीय प्रशासनले जनाएको छ ।

पाँच बूँदे माग राख्दै डा.केसीले साउन ७ गते धनगढी स्थित श्रीकृष्ण मन्दिरको धर्मशालामा अनसन शुरु गर्नुभएको थियो । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिक सत्रदेखि मेडिकल शिक्षा अध्यापन गर्ने सरकारी तयारी भइरहँदा केसी धनगढी आएर अनसन बसेपछि सर्वत्र विरोध भइरहेको छ । आज बिहान पनि डा.केसीलाई अनसन फिर्ता लिन र काठमाडौँ फर्किन माग गर्दै अनसन स्थल बाहिर स्थानीयले विरोध प्रदर्शन गरेका थिए ।

ताजा समाचार

Related Articles