राष्ट्रिय कविता प्रतियोगिता हुने

लोकप्रिय

हेटौँडा, साउन १७ गते । मकवानपुरे साहित्यकार तुल्सी थापाको स्मृतिमा राष्ट्रिय खुल्ला कविता प्रतियोगिता आयोजना गरिने भएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिकाको आयोजनामा तेस्रो स्मृतिमा भैंसेमा नवनिर्मित सालिक अनावरण तथा कविता प्रतियोगिता आयोजना गर्न लागेको हो ।
भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले भीमफदी गाउँपालिका वडा नं. २ भंैसेमा जन्मनु भएका थापाले नेपाली साहित्यमा पु¥याउनुभएको विशिष्ट योगदानको स्मरण एवं चिरस्थायी बनाउन उहाँको नाममा राष्ट्रिय कविता प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिनुभयो ।
उहाँले मकवानपुरको साहित्यिक आन्दोलनको अग्रणी व्यक्तित्व थापा समाजसेवासँगै चेपाङ विकास कार्यक्रमसँग जोडिनुभएको बताउनुभयो ।
सामुदायिक विद्यालयको प्रधानाध्यापक लामो समय रहनुभएका शिक्षा सेवी थापा भीम विराग सङ्गीत, साहित्य, कला प्रतिष्ठानका पूर्व अध्यक्ष र दाना कविताका प्रवद्र्धकसमेत हुनुहुन्छ । थापामा कृतिहरु एक निमेष अनन्तको (दाना कविता सङ्ग्र्रह), अमर सिंहको खोजीमा अमर सिंह (नाटक) र फरक आकाश (कथा सङ्ग्र्रह) प्रकाशित छन् ।
थापाको स्मृतिमा आगामी भदौ ७ गते हुने कविता प्रतियोगिताका लागि पालिकाले १५० शब्दमा नबढाई लेखिएको र मौलिक कविता माग गरेको छ ।
कृत्रिम बुद्धिमत्ता (एआइ) को प्रयोग गरी तयार गरिएको कविता स्वीकार नगरिने भन्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ न्यौपानेले कविता साउनको मसान्तभित्र प्राप्त भइसक्नुपर्ने बताउनुभयो ।
उहाँका अनुसार प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार, तृतीय पुरस्कार २० हजार र प्रोत्साहन पुरस्कार १० हजार रुपियाँ दुई जनालाई प्रदान गरिने छ ।
कार्यक्रममा उत्कृष्ट १० कविताका कविलाई वाचनका लागि छनोट गरिने भएको छ

ताजा समाचार

Related Articles