त्रिभुवन राजपथमा डिब्बा ट्रक दुर्घटना

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन २१ गते । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुर भीमफेदी गाउँपालिका वडा नं.२ चुनिया सडक खण्डमा डिब्बा ट्रक दुर्घटना भएको छ ।
गएराति करिब ११ बजेको समयमा वीरगंजबाट काठमाडौँतर्फ जाँदै गरेको म.प्र.०३–००२ ख ४७०५ नं. को मेशिनरी सामान लोड गरेको डिब्बा ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पालुङ तर्फबाट हेटौँडा आउँदै गरेको नम्बर नखुलेको ट्रकले साईड च्यापी आउँदा साईड दिने क्रममा पछाडिको चक्का रोडको साईडको बाटोमा परी बाटो भासिएर डिब्बा ट्रक सडकबाट २०÷२५ मिटर तल खसी बासको झ्याङमा गई अड्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी डिब्बा ट्रक चालक हेटौँडा उपमहानगरपालिका १४ का वर्ष ४३ का सुब्बा स्याङतान घाइते हुनुभएको छ । स्याङ्तानको हेटौँडा अस्पतालमा ल्याइ उपचार भएको छ ।

 

ताजा समाचार

Related Articles