काठमाडौँ, साउन २१ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि गणतन्त्र कोरियाका राजदूत एच.ई. पार्क तेयङले बिदाइ भेट गर्नुभएको छ। राष्ट्रपति कार्यालयमा उहाँले बिहीबार बिदाइ भेट गर्नु भएको हो ।

उक्त अवसरमा नेपाल र गणतन्त्र कोरियाबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

साथै, राष्ट्रपतिले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा गणतन्त्र कोरियाका राजदूतलाई बधाईसमेत दिनुभयो।




