बोराभित्र महिलाको शव फेला

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा साउन २२ गते । हेटौँडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र महिलाको शव फेला परेको छ ।
शुक्रबार दिउँसो करिब १३ः५० बजे सेल्फी रोडस्थित सामुदायिक वनमा सेतो बोराभित्र बाँधेर खाल्डोमा फालिएको अवस्थामा शव रहेको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
शवको पहिचान खुल्न बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

ताजा समाचार

Related Articles