‘हामी नेपाली’ गीत सार्वजनिक

लोकप्रिय

काठमाडौँ, कात्तिक १ गते ।

गायक ज्ञानेशकुमार कर्णले नेपाली राष्ट्रियता झल्काउने गीत ‘हामी नेपाली’ लिएर आउनुभएको छ । गीतमा शब्द, सङ्गीत संयोजन र स्वर कर्ण स्वयंको छ । गीतको भिडियोमा देशभरमा मुख्य संस्कृति र भेषभूषालाई समावेश गर्ने कोसिस गरिएको छ ।

म्युजिक अरेन्ज राजु शाहले गर्नुभएको छ भने रेकर्डिङ र मिक्सिङ सम्पूर्णमान ताम्राकारको छ । बाँसुरीमा रुविनकुमार श्रेष्ठले साथ दिनुभएको छ । गीतको भिडियो गायक कर्णको आफ्नै युट्युब च्यानल ‘ज्ञानेश के कर्ण’ बाट सार्वजनिक गरिएको हो ।

ताजा समाचार

Related Articles