चाडपर्वको विशिष्ट महत्व छ 

लोकप्रिय

हेटौँडा, कात्तिक ४ गते ।

नेपालीहरुको महत्त्वपूर्ण पर्व बडादसैं, तिहार, नेपाल संवत् ११४४, छठ, इदलगायत चाडपर्वका अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै प्रमुख शर्माले यस्तो बताउनुभएको हो ।

यी चाडपर्वका सन्दर्भमा प्रदेश प्रमुख शर्माले आफ्नो सन्देशमा भन्नुभएको छ, ‘‘स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दछु ।’’

शर्माले हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधताले भरिपूर्ण भएकाले उल्लेख गर्नुहुँदै यो विविधताबीच एकता कायम गरी आपसी भाइचारा र सहिष्णुता अभिवृद्धि गर्न हाम्रा पर्वहरुले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

हामीले मनाउँदै आएका पर्वहरुभित्र रहेका सकारात्मक पक्षलाई आत्मसात् गरी अघि बढ्ने तथा गलत संस्कार एवम् अभ्यासलाई हटाउने दायित्व हाम्रै भएको प्रमुख शर्माको भनाइ छ । उहाँले सामाजिक सद्भाव, सहिष्णुता र आपसी भ्रातृत्व विकासका लागि योगदान दिने पर्वहरुप्रति गौरवबोध गर्न सक्नुपर्ने उल्लेख गर्नुभएको छ । साथै उहाँले नेपालीहरुले मनाउने पर्वहरुले असल मार्गमा लाग्न प्रेरित गरोस् भन्ने कामना गर्नुभएको छ ।

ताजा समाचार

Related Articles