जुवातास खेलिरहेको अवस्थामा नौ जना नियन्त्रणमा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, कात्तिक १० गते ।
हेटौँडा उपमहानगरपालिका ७ देवी वन टोलबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नौ जनालाई नियन्त्रणमा लिएको छ । बिहीबार साँझ स्थानीय गोकुलनाथ पौडेलको घरमा हार जित हुने गरी जुवा तास खेलिरहेको अवस्था नगदसअित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा हेटौँडा उपमहानगरपालिका ८ का अजय खड्का, मन्दिप पौडेल, रोहितकुमार केबी, भरत तितुङ, हेटौँडा ७ का रुपक चौलागार्इँ, वीरेन्द्र खत्री, गोकुल नाथ पौडेल, सविन चौलागाईँ र हेटौँडा १५ का ओम घलान रहेका छन् ।
यस्तै जुवा खेलिरहेको अवस्थामा उनीहरुको साथबाट प्रहरीले चार लाख ६५ हजार ३९० रुपियाँ र चार बुक ताससहित नियन्त्रणमा लिईएको छ ।

ताजा समाचार

Related Articles