डेरी एसोसिएसनको साधारणसभा माघमा

लोकप्रिय

काठमाडौँ, पुस २० गते ।
नेपाल डेरी एसोसिएसनको २३औँ वार्षिक साधारणसभा आगामी मागमा काठमाडौँमा हुने भएको छ ।
केन्द्रीय समितिको जुम बैठकले एसोसिएसनको स्थापना दिवस माघ ७ गतेका दिन काठमाडौँमा संस्थाको २३औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

यसअघिको बैठकले धनगढीमा गर्ने भनिएको वार्षिक साधारणसभा विविध कारणले काठमाडौँमा सार्नु परेको कुरा महासचिव हेमचन्द्र खनालले जानकारी दिनुभयो । यसपटक वार्षिक साधारणसभामा एसोसिएसनले नियमित गर्ने प्रक्रिया अन्तर्गत आर्थिक, साङ्ठानिक र अध्यक्षमार्फत एसोसिएसनले वार्षिक रुपमा गरिको गतिविधि माथि छलफल एवं आगामी वर्ष संगठनले गर्ने वार्षिक कार्ययोजना पास गर्ने अध्यक्ष प्रल्हाद दाहालले बताउनुभयो ।

एसोसिएसनका १३ जिल्ला र सात प्रदेशबाट करिब तीन सय प्रतिनिधिको सहभागीता रहने साधारणसभा तयारी समितिका संयोजक एवं केन्द्रीय उपाध्यक्ष दीपप्रसाद धमलाले जानकारी दिनुभयो । अहिले सात वटै प्रदेश एवं जिल्लामा धमाधम साधारणसभा सम्पन्न गरी प्रतिनिधि छनोट भइरहेको छ । पुस २० गते बागमती प्रदेश, पुस २१ गते सुदुरपश्चिम प्रदेश र पुसको अन्तिम हप्ता लुम्बिनी प्रदेशको साधारणसभा सम्पन्न हुनेछ । अन्य प्रदेशमा साधारणसभा सम्पन्न भइसकेको कुरा अर्का उपाध्यक्ष मनोजकुमार घिमिरेले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles