बागमती नदीमा सतह बढ्दा छ घर डुबानमा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन २३ गते
बागमती नदीको सतह बढ्दा मकवानपुरको बागमती गाउँपालिका ४ पाँचपाण्डवमा छ घरधुरी डुबानमा परेको छ । मङ्गलबार बिहान अविरल वर्षासँगै नदीमा पानीको सतह बढेर बस्तीमा पस्दा छ घर धुरी डुबानमा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
साथै हेटौँडा–धरान–चतरा सडक खण्ड बागमती नदीले कटान गरी बाटो एकतर्फी मात्र सुचारु रहेको छ । घर डुबानमा परेपछि स्थानीय बासिन्दासँगै सामानहरु सुरक्षित स्थानमा सारिएको छ ।
ठूला सवारीका साधनको आवागमन जोखिम युक्त रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको भनाई छ ।
घटनास्थल झुरझुरे प्रहरी चौकीबाट दुई किमि पूर्वमा रहेको छ ।

ताजा समाचार

Related Articles