बागमती गोल्डकपको उपाधिका लागि मछिन्द्र र चर्च ब्वाइज भिड्दै

लोकप्रिय

हेटौँडा, फागुन १२ गते ।
मकवानपुरको बागमती गाउँपालिकामा जारी बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा मछिन्द्र क्लब र चर्च ब्वाइज क्लब भिड्नेभएका छन् ।
बागमती–४ स्थित सहिद स्मृति रङ्गशालामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल खेल आज सोमबार हुँदै छ ।
प्रतियोगिताको शनिबारभएको दोस्रो सेमीफाइनल खेलमा थ्री स्टार क्लबलाई ३–१ गोलले हराउँदै साविक विजेतासमेत रहेको मछिन्द्र फाइनलमा प्रवेश गरेको हो ।
यसअघि पहिलो सेमिफाइनल खेलमा विभागीय टोली एपीएफलाई ३–२ गोलले हराउँदै चर्च ब्वाइज प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो ।
उपाधि विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई एक लाख एक हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५–२५ हजार रुपियाँ प्रदान गरिने आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ ।

ताजा समाचार

Related Articles