युवाका लागि सीपमूलक तालिम

लोकप्रिय

हेटौँडा, फागुन १२ गते ।
प्रदेश युवा परिषद् बागमतीले युवाका लागि विभिन्न सीपमूलक तालिम सुरु गरेको छ । परिषद्ले युवा लक्षित गरी हेटौँडामा ३९०÷१६० घण्टे तालिमअन्तर्गत कुक, वेटर, बारिष्टा, मन्टेश्वरी, ब्युटीपार्लर र विल्डिङ्ग इलेक्ट्रिसियनलगायतका तालिम आयोजना गरेको हो ।
तालिमको उद्घाटन गर्दै बागमती प्रदेशका युवा तथा खुलकुदमन्त्री मीन कृष्ण महर्जनले युवालाई तालिम प्रदान गरी देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न तालिम आयोजना गरिएको बताउनुभयो ।
प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका
पूर्वमन्त्री एका लाल श्रेष्ठले युवालाई दक्ष उद्यमी र सक्षम नागरिक बनाउनु आवश्यकभएकोमा जोड दिनुभयो ।
तालिममा ३०५ जना युवाको सहभागिता रहेको छ ।

ताजा समाचार

Related Articles