पेस्तोलसहित दुई जना पक्राउ ।

लोकप्रिय

हेटौँडा, फागुन १२ गते ।
मकवानपुर प्रहरीले पेस्तोलसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
संयुक्त प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटे चेकप्वाईन्ट स्थित पूर्व पश्चिम सडकखण्डबाट दुई जना भारतीय नागरिकलाई पेस्तोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार गौरबाट चितवनतर्फ जान आउँदै गरेको ना ८ ख. ८७७३ नं. को यात्रुबाहक बस जाँच गर्दा उक्त बसमा सवार भारतको बिहार राज्य सिहुहर जिल्ला धनहरा ग्राम बस्ने वर्ष २२ को धिरज कुमारको कम्मरमा एक राउण्ड गोली लोड भएको नौ एमएमको अटो पेस्तोल र थप दुई थान गोली फेला परेको छ ।
प्रहरीले धिरज र सँगै बस्ने निजको साथी भारत बिहार राज्य मोतिहारी जिल्ला बहरी ग्राम बस्ने वर्ष २६ को दीपक कुमार दुवै जनालाई उक्त हतियारसहित नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट छ दिनको म्याद लिइ थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।

ताजा समाचार

Related Articles