हेटौँडा, फागुन १२ गते ।
मकवानपुर जिल्लाको विभिन्न स्थानबाट प्रहरीले लागूऔषध गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरी टोलीले जिल्ला हेटौँडा उपमहानगरपालिका वडा नं. १८ मैनाचोकस्थित भित्री सडकमा दोभानचौरबाट छतिवन तर्फ जादै गरेको प्र.३–०१–०२३ च ११२९ नं. को योद्धा पिकअपको गाडीसहित गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गत कात्तिक १० गते चालकले प्रहरीलाई देख्नसाथ चालक तथा सहचालक दुवै जना गाडी छोडी फरार भएको थिए । उक्त गाडी खानतलासी गर्दा गाडीको पछाडि त्रिपालले छोपी लुकाई ल्याईएको अवस्थामा गाँजा एक हजार १५६ किलो फेला परेको थियो । नियन्त्रणमा लिएका उनीहरुलाई प्रहरीले
घटनाभएको चार महिनापछि सार्वजनिक गरेको छ । निजहरुको खोजतलास गर्ने क्रममा ललितपुर महहानगरपालिका वडा नं. १५ तिखेदेवलबाट मकवानपुर कैलाश गाउँपालिका वडा नं. ३ स्थायी घर भई हाल जिल्ला ललितपुर महानगरपालिका वडा नं. २३ धापाखेल बस्ने वर्ष २८ को अर्पण सिन्तान भन्ने सुकुलाल सिन्तान र कैलाश गापा वडा नं. ३ बस्ने वर्ष ४० को मान सिं गोङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
यस्तै प्रहरीले हेटौँडा १७ हटिया स्थित धरान चतरा सडकखण्डबाट मकवानपुर मकवानपुरगढी गापा वडा नं. ८ बस्ने वर्ष ५३ को सोमबहादुर घिसिङलाई गाँजा सहित नियन्त्रणमा लिएको छ ।
घिसिङलाई गाँजा दुई किलो २९० ग्रामसहित नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालत हेटौँडाबाट सात दिनको म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको छ ।
यसै गरी प्रहरीले हेटौँडा १५ स्थित रातोमाटे चेकपोइन्ट अगाडि पूर्व पश्चिम लोकमार्ग सडकखण्डबाट लागूऔषधसहित मकवानपुर बकैया गापा वडा नं. ४ छतिवन बस्ने वर्ष २४ को नविन सुनारलाई नियन्त्रण लिएको छ ।
वीरगञ्जबाट चितवन तर्फ जान आउँदै गरेको ना. ७ ख. ११६ नं. को यात्रुबाहक बस जाँच गर्ने क्रममा निजको साथबाट डाईजेपाम २८ एम्पुल, फेनार्गन ५९ एम्पुल र नुफिन १३ एम्पुल बरामद गरिएको प्रहरीको भनाई छ ।