प्रदेश प्रहरी प्रमुख र अन्तर्गतका कार्यालयका प्रहरी प्रमुखहरुबिच सम्झौता

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन २४ गते ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख र प्रदेशअन्तर्गतका प्रहरी प्रमुखहरुबिच आर्थिक वर्ष २०८०।०८१ का लागि कार्यसम्पादन वार्षिक सम्झौता भएको छ ।
प्रदेश प्रहरी कार्यालय हेटौँडामा बुधबार आयोजित कार्यक्रममा गत आव २०७९।८० मा भएको कार्यसम्पादन सम्झौताको समिक्षासँगै चालु आवका लागि कार्यसम्पादन सम्झौता भएको हो । कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा र प्रदेश प्रहरी कार्यालयअन्तर्गतका १४ वटा कार्यालयका प्रहरी प्रमुखबिच कार्यसम्पादन सम्झौता भएको छ ।
कार्यक्रममा गत आवको कार्यसम्पादन सम्झौता प्रभावकारी रुपमा कार्यान्वयन गरी उत्कृष्ट हुने प्रहरी कार्यालयहरुलाई प्रशंसापत्र तथा नगद पुरस्कारद्वारा सम्मान गरिएको थियो । गत आवमा जिल्ला प्रहरी कार्यालय काभ्रे सर्वोत्कृष्ट भएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय नुवाकोट, धादिङ, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर कार्यसम्पादनमा उत्कृष्ट भएको थियो ।
कार्यक्रममा प्रहरी प्रमुख राणाले कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन गर्नेलगायतको निर्देशन दिनुभएको थियो । कार्यक्रममा प्रदेश प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक दीपक रेग्मीले गत आवको कार्यसम्पादन सम्झौता तथा चालु आवको सम्झौताको बारेमा जानकारी गराउनुभएको थियो ।

ताजा समाचार

Related Articles