डब्लुएफपीले म्यान्मारमा खाद्य सहायता कटौती गर्ने

लोकप्रिय

याङ्गुन, चैत १ गते । ‘महत्त्वपूर्ण कोषको कमी’ को कारणले म्यान्मारका १० लाखभन्दा बढी मानिस अप्रिलदेखि खाद्य सहायताबाट वञ्चित हुने विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले शुक्रबार जनाएको छ ।

संयुक्त राज्यले सन् २०२४ सम्म डब्लुएफपीलाई नौ अर्ब ७० करोड कोषमध्ये चार अर्ब चालिस करोड प्रदान गरेको थियो । हाल वाशिङ्गटनको अन्तर्राष्ट्रिय सहायता कोषले उक्त प्रदान गरिने रकम कटौती गरिने जनाएको छ ।

सन् २०२१ को सैन्य विद्रोहपछि म्यान्मा गृहयुद्धको चपेटामा परेको छ । डब्लुएफपीले पाँच करोड १० लाख जनसङ्ख्या भएको यस देशका एक करोड ५० लाखभन्दा बढी मानिसले आफ्नो दैनिक खाद्य आवश्यकता पूरा गर्न नसक्ने बताएको छ ।

“कोषको गम्भीर अभावका कारण अप्रिलदेखि सुरु हुने गरी म्यान्माका दस लाखभन्दा बढी मानिस डब्लुएफपीको जीवनरक्षक खाद्य सहायताबाट वञ्चित हुने्,” डब्लुएफपीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

डब्लुएफपीले भनेको छ,“यी कटौतीहरू बढ्दो द्वन्द्व, विस्थापन र पहुँच प्रतिबन्धहरूले पहिले नै खाद्य सहायताको आवश्यकतालाई तीव्र रूपमा बढाइरहेको बेलामा आएका छन् ।”

ताजा समाचार

Related Articles