उपभोक्ता अदालत स्थापना

लोकप्रिय

काठमाडौं । विश्व उपभोक्ता अधिकार दिवसका अवसर उपभोक्ता अदालत उद्घाटन गएिको छ ।
उपभोक्ता अदालत उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४४ बमोजिम गठन गरिएको अदालतको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शनिबार उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा प्रधानन्यायाधीश राउतले उपभोक्ताको अधिकारलाई संविधानले मौलिक हकका रूपमा स्थापित गरेको भन्दै गुणस्तरीय वस्तु तथा सेवामा उपभोक्ताको न्यायिक उपचार पाउने अधिकार संविधानलेनै सुनिश्चित गरेको बताउनुभयो ।
उहाँले अदालतले प्रभावकारी न्याय सम्पादन गरेर उपभोक्ताको विश्वास जित्नुपर्नेमा जोड दिँदै अदालतले न्यायिक सक्रियता देखाउँदै परिणाममुखी काम गर्नु आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उपभोक्ताको अधिकार सुनिश्चित गर्न उपभोक्ता अदालतको स्थापना भएको बताउनुभयो ।

उहाँले प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै सरकार उपभोक्ता हितका लागि काम गरिने भन्दै उपभोक्ता अधिकार संरक्षणका लागि अदालतको भूमिका महत्वपूर्ण हुने छ भन्नुभयो ।
महान्यायाधिवक्ता रमेश वडालले उपभोक्ता अदालतको बारेमा नागरिकलाई जानकारी गराउनु आवश्यकभएको बताउनुभयो ।
प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिका सभापति अब्दुल खाँनले उपभोक्ता अधिकार संरक्षणमा सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।
काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाभित्रका उपभोक्तासम्बन्धी मुद्दाको कारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित उपभोक्ता अदालत गठन भएको उपभोक्ता अदालतमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्मालाई अध्यक्षको जिम्मेवारी दिइएको छ ।

 

ताजा समाचार

Related Articles