मुटु रोग सेवा सञ्चालनमा आए पनि बिरामीले पाएनन उपचार

लोकप्रिय

मकवानपुर –  गत मंगलबार उद्घाटन गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौँडा प्रादेशिक अस्पतालमा विशेषज्ञ मुटु रोग सेवा अझै सञ्चालनमा आउन सकेको छैन ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, स्वास्थ्यमन्त्री किरण थापा लगायतको उपस्थितीमा सुभारम्भ गरिएको कार्डियो ओपिडी विभागमा विरामीले उपचार सेवा भने पाउन सकेका छैनन् । सेवा सञ्चालनमा ल्याइएको दिनदेखि नै अस्पतालको भूँईतलामा रहेको कार्डियो ओपिडी र दोस्रो तल्लामा रहेको मुटुपरिक्षण उपकरण रहेको कोठा बन्द छ ।
मुटु रोग सेवा सञ्चालनमा आएको एक साता हुन लाग्दा पनि विरामीले उपचार नपाएको गुनासो गरेका छन् । मुटु रोग विशेषज्ञ डा. विकेश श्रेष्ठ गत शुक्रबारबाट बिदामा रहेका कारण ओपिडी सञ्चालनमा आउन नसकेको हेटौंडा अस्पतालका व्यवस्थापक सुरेन्द्र बडुले बताउनुभयो । उहाँका अनुसार, डाक्टर श्रेष्ठ बुधबारसम्म बिदामा रहनेछन् ।  टिचिङ कार्डियो मनमोहन भास्कुलरमा अध्ययन गर्नुभएका डाक्टर श्रेष्ठ बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट दुई वर्षे करारमा नियुक्ती लिई अस्पतालमा खटिनुभएको हो ।

ताजा समाचार

Related Articles