चन्द्रिगिरि हिल्सले शुल्क उठाएको प्रति आपत्ति

लोकप्रिय

हेटौँडा, चैत ५ गते ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ५ वडा कार्यालयले भालेश्वर मन्दिर र वनमा जान प्रवेश शुल्क उठाउन चन्द्रागिरि हिल्सलाई वडा कार्यालयले कुनै प्रकारको लिखित वा मौखिक अनुमति नदिएको जनाएको छ ।
वडाध्यक्ष दुतराज तितुङले चन्द्रागिरि हिल्सले शुल्क उठाउँदै आएको विषयमा ध्यानाकर्षण भएको भन्दै मङ्गलबार जारी सूचनामा सार्वजनिक वन र मन्दिरमा जाँदा कुनै शुल्क बुझाउनु नपर्ने बताउनुभएको छ ।
उहाँले भालेश्वर मन्दिर जान पैदल यात्रुसँग प्रवेश शुल्क लिइएको जनगुनासो आएको र पैदल यात्रुसँग प्रवेश शुल्क उठाउने विषयमा चन्द्रागिरी हिल्सलाई यस वडाले कुनै प्रकारको लिखित वा मौखिक अनुमति नदिएको बताउनुभयो । वडाध्यक्ष तितुङद्वारा जारी सूचनामा भनिएको इन्द्रसरोवर गाउँपालिकाको वडा नं. ५ को समेत क्षेत्रमा पर्ने पवित्र धार्मिक क्षेत्र भालेश्वर मन्दिर र वन क्षेत्रमा चन्द्रागिरी हिल्स ले पैदल यात्रुसँग प्रवेश शुल्क लिने कार्य गैरकानुनी रहेकोले तत्काल सो कार्य बन्द गर्न यसै सूचनाद्वारा निर्देशन दिइएको छ । साथै हालसम्म सङ्कलित रकम नेपाल सरकारलाई फिर्ता गर्न अनुरोध गरिएको छ ।

ताजा समाचार

Related Articles