बारा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन प्रणाली र शासकीय प्रणालीमा सुधार गरेर लैजान सकिने बताउनुभएको छ । बारामा पार्टीको जागरण अभियानलाई पुन शुरु गर्दै अध्यक्ष प्रचण्डले केही समय अघि काठमाडौँमा प्रतिगमन र पुनरउत्थानको गतिविधि भएको बताउँदै ती गतिविधिले अहिलेको उपलब्धीलाई कमजोर पार्न नदिइने बताउनुभयो ।
उहाँले गणतन्त्रको रक्षा गरिने बताउनुभयो ।
उहाँले अहिले निर्वाचन प्रणाली र शासकीय प्रणालीमा सुधार गरेर संविधानलाई पूर्णता र परिमार्जनतिर लगिने पनि उल्लेख गर्नुभयो ।