हेटौँडा, चैत १८ गते ।
मकवानपुर( मकवानपुरको इन्द्रसरोवरगाउँपालिका वडा नं. ३ स्थित कुलेखानी खोलाको दहमा डुबेर तीन जना बालकको मृत्यु भएको छ ।
गत अजोजमा आएको बाढीपछि दह बनेको स्थानमा पौडी खेल्न गएका तीन जना बालक सोमबार दिउँसो दहमा डुबेपछि अचेत अवस्थामा उद्धार गरी उपचारका लागि पाटन अस्पताल लगिएकोमा साँझ ७ बजेको समयमा चिकित्सकले मृत घोष्णा गरेको क्ष्लाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरका प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा इनद्रसरोवर गाउँपालिका ३ का १५ वर्षका शुसान्त आचार्य, काभ्रेपलान्चोक जिल्ला नमोबुद्ध नगरपालिका १० फुलबारी घर भएका वर्ष १४ का प्रवेश घोरासैनी र वर्ष ११ का प्रभात घोरासैनी रहेका छन् । परीक्षा सकेर मामाघर आएका उनीहरु दाजुभाइ हुन् ।