प्रदेश सभाको सचिवमा पौडेल नियुक्त

लोकप्रिय

हेटौँडा, चैत २० गते ।
बागमती प्रदेश सभाको प्रदेश सभा सचिवमा रामकुमार पौडेललाई नियुक्त गरिएको छ । बागमती प्रदेश सभाका प्रदेश सभामुख भुवनकुमार पाठकको सिफारिशमा पाँच वर्षका लागि ललितपुर जिल्लाका पौडेललाई बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभा सचिवमा बुधबार नियुक्त गर्नुभएको हो ।
नेपालको संविधानको धारा १९५ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख देवकोटाले सभामुखको सिफारिशमा ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका ९ लामटारका पौडेललाई प्रदेश सभा सचिवमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।
यसैबिच प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले बुधबारनै प्रदेश सभा सचिवालयमा आयोजित कार्यक्रममा पौडेललाई प्रदेश सभा सचिव पदको पद तथा गोपनियताको सपथग्रहण गराउनुभयो ।
सपथग्रहण कार्यक्रममा प्रदेश सभाका उपसभामुख अपसरा चापागाई, प्रदेश सभा सचिवालयमा सचिव पूर्णबहादुर दर्जीलगायतका प्रदेश सभाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
यसअघि प्रदेश प्रमुख देवकोटाले प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश सभा सचिवमा पौडेललाई गर्दै नियुक्तिपत्र प्रदान गर्दै स्वागत गर्नुभएको थियो ।
प्रदेश सभा सचिव पौडेलले सपथ ग्रहणसँगै पद बहालीसमेत गर्नुभएको छ ।
साथै प्रदेश सभा सचिवमा नवनियुक्त पौडेलको स्वागत तथा छलफल कार्यक्रम गरिएको थियो ।
प्रदेश सभा सचिवमा नवनियुक्त पौडेल यसअघि सङ्घीय संसदमा सहसचिवमा कार्यरत रहनुभएको थियो । केही समयअघि मात्र सहसचिवमा बढुवा हुनुभएका पौडेलको राजीनामा मंगलबार स्वीकृत भएको जनाइएको छ ।
यसअघि प्रदेश सभा सचिव कृष्णहरि खड्का रहनुभएकोमा उहाँका पाँच वर्षे कार्यकाल गत फागुन २१ गते सकिएपछि प्रदेश सभा सचिव पद रिक्त रहेको थियो ।

ताजा समाचार

Related Articles