खासकुरा संवाददाता
हेटौँडा, वैशाख २ गते ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
यही वैशाख १७ गते बुधवार दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको हो ।
कांग्रेस केन्द्रीय कार्यालय, बीपी भवन, ललितपुमापार्टी केन्द्रीय कार्य समितिको बैठक बस्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा उल्लेख छ ।
बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यहरुलाई कांग्रेसले बोलाएको मुख्य सचिव पौडेलले हस्ताक्षर गर्नुभएको सूचनामा भनिएको छ ।