शिक्षकलाई काममा फर्कन सरकारको आव्हान

लोकप्रिय

काठमाडौँ, वैशाख ३ गते ।  सरकारले प्रदर्शनरत शिक्षकहरूका मागलाई उचित रुपमा सम्बोधन गर्ने भन्दै प्रदर्शन रोकी आफ्नो काममा फर्कन शिक्षकहरूलाई आह्वान गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार मन्त्रालयमा सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले विभिन्न माग राखी भइरहेको शिक्षक प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको र शिक्षकहरूले उठाएका मागहरूको सरकारले यथोचित सम्बोधन गर्ने बताउनुभयो ।
सरकारले विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रयोजनका लागी संसद् अधिवेशन आह्वान गरेको उल्लेख गर्नुहुँदै सञ्चार मन्त्री गुरुङले हाल शैक्षिक सत्रका महत्वपूर्ण कार्यहरूको संवेदनशीलतालाई मध्यनजर गरी विद्यालय फर्कन शिक्षकहरूलाई आग्रह गर्नुभयो ।
सरकारले सङ्घीय संसदको अधिवेशन यही वैशाख १२ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोही निर्णय अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार संसदको अधिवेशन आह्वान गरिसक्नुभएको छ ।

ताजा समाचार

Related Articles