काठमाडौँ, वैशाख ३ गते । विश्वकै सर्वोच्च शिखर सगरमाथ आरोहणका अनुमति लिएका आरोहिहरु सगरमाथा आधार शिविर तर्फ प्रस्थान गर्न सुरु गरेका छन् । पर्यटन विभागका अनुसार यस वर्षको वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि बुधबारसम्म २७ आरोहणदलका २ सय ७७ जनाले अनुमति लिएका छन् । अनुमति लिनेमा २२७ जना पुरुष छन् भने ५० जना महिला रहेका छन् । सगरमाथा आरोहण दलबाट यस हाल सम्म ४१ करोडबढी रोयल्टि प्राप्त भएको विभागले जनाएको छ ।
सगरमाथा आरोहणका लागि दोस्रो शिविरसम्म करिव २२ सय मिटर बाटो निर्माण कार्य सकिएको विभागले जनाएको छ । बाटो निर्माणका क्रमम खुम्बु आइसफल क्षेत्रमा भर्याङ राख्ने र ह्याङ्गिङ एयरमा किला ठोक्ने काम सकिएको छ ।
सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म बाटो निर्माणको जिम्मा सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपीसीसी०ले पाएको थियो । दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने अर्थात् ‘रोप फिक्सिङ’ ९डोरी टाँग्ने० काम पर्वतारोहण सञ्चालक सङ्घले गर्नेछ। यसका लागि सदस्यीय टोली खटाइसकिएको छ।
यो सिजनको आरोहणका क्रममा आरोहण शुरक्षा, फोहर मैहिला ब्यवस्थापन र तत्काल राहात उद्धारको तयारीलाई मुख्य प्राथामिकतामा राखिएको विभागका महानिर्देशक डा नारायण प्रसाद रेग्मीले जानाकारी दिनुभयो ।