प्रशिक्षक प्रशिक्षण कोर्स सम्पन्न

लोकप्रिय

खासकुरा संवाददाता
काठमाडौँ, भदौ ८ गते
नेपाल जिम्न्याष्टिक सङ्घको आयोजना तथा भक्तपुर जिल्ला जिम्न्याष्टिक सङ्घको सह–आयोजनामा आर्टिस्टिक जिम्न्याष्टिक प्रशिक्षक प्रशिक्षण कोर्स शनिबार सम्पन्न भएको छ ।
छ दिने कोर्समा ४१ प्रशिक्षकको सहभागिता रहेको आयोजक सङ्घका महासचिव मुकुन्दराज शर्माले जनाउनुभयो । सहभागीलाई बङ्गलादेशबाट आएका विज्ञ मोहम्मद अब्दुल अल मसुमले प्रशिक्षण दिनुएकोथियो ।
सहभागीलाई भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापति, आयोजक सङ्घका अध्यक्ष ध्रुवबहादुर प्रधान, महासचिव शर्मालगायतले एक कार्यक्रमबीच प्रमाण पत्र वितरण गर्नुभयो ।

ताजा समाचार

Related Articles