बागमतीमा छ दलका १५ जनाको उम्मेदवारी दर्ता

लोकप्रिय

हेटौँडा, पुस २३ गते ।
राष्ट्रिय सभा सदस्यको रिक्त हुने पदमा बागमती प्रदेशमा विभिन्न दलहरुबाट १५ जनाको उम्मेदवारी मनोनयनपत्र दर्ता भएको छ ।
सत्ता गठबन्धनमा रहेकोसहित छ वटा राजनीतिक दलका उम्मेदवारहले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमबार हेटौँडा ५ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन ।
प्रदेश निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकारी ताराप्रसाद आचार्यले विभिन्न राजनीतिक दलबाट गरी का १५ जनाको राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता भएको जानकारी दिनुभयो ।
यस प्रदेशमा महिला, अल्पसङ्ख्यक÷अपाङ्गता भएका, दलित र अन्यबाट गरी चार जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुने छ ।
सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतजङ्ग बस्नेतको अन्यतर्फ र महिलातर्फ विष्णुदेवी पुडासैनीको उम्मेदवारी दर्ता भएको छ ।
सत्ता गठबन्धनकै नेकपा माओवादी केन्द्रबाट अपाङ्गतातर्फ श्रीकृष्णप्रसाद अधिकारी र नेकपा एकीकृत समाजवादीले दलिततर्फबाट घनश्याम रिजाल विश्वकर्माले उम्मेदवार दिनुभएको छ ।
यसैगरी नेकपा एमालेबाट महिलातर्फ रोचकुमारी चौलागाईँ, अन्यबाट चितवनका त्रिलोचन निर्मल पौडेल, अल्पसङ्ख्यक÷अपाङ्गता भएकाबाट विवेक देवकोटा र दलिततर्फ ध्रुवराज विश्वकर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तीन जनाको मात्र उम्मेदवारी दर्ता भएको छ ।
प्रदेश निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकारी आचार्यले दलिततर्फ उम्मेदवारी दिन आउनुभएका पूर्णबहादुर विकको उमेर नपुगेका कारण उम्मेदवारी दर्ता हुन नसकेको जानकारी दिनुभयो ।
राप्रपाको तर्फबाट महिलातर्फ मकवानपुरकी बालकुमारी डल्लाकोटी, अल्पसङ्ख्यकतर्फ भरतमणि भट्ट र अन्यतर्फ हेमजङ्ग गुरुङले उम्मेदवारी मनोनयन पत्र दर्ता गराउनुभएको छ ।
यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट नेमकिपाबाट अपाङ्गतातर्फ भक्तपुरका हिमालयश्वर मुल, अन्यबाट काठमाडौँका श्रीकृष्ण महर्जन, दलिततर्फ भक्तपुरका सङ्गीता नेपाली र महिलातर्फ भक्तपुरकै कृष्णलक्ष्मी दुवालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उम्मेदवारी दर्ता गराउन दलका कार्यकर्ता र नेताहरु पुगेका थिए ।
राष्ट्रिय सभा सदस्यका लागि सबैभन्दा पहिले नेकपा एमाले र अन्तिममा राप्रपाको उम्मेदवारी दर्ता भएको थियो ।
आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदै छ ।

ताजा समाचार

Related Articles