काठमाडौं, वैशाख २१ गते ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज छलफल भएको छ ।
प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा संक्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ ।
भेटमा संक्रमणकालीन न्यासम्बन्धी दुई आयोगका पदाधिकारी नियुक्तिका बिषयमा भइरहेको प्रगतिका लगायतका विषयमा छलफल भएको बैठकपछि माओवादी नेता बर्षमान पुनले जानकारी दिनुभयो ।




