अदालतका कम्प्युटर अपरेटर दुई लाख घुससहित नियन्त्रणमा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख २५ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी जिल्ला अदालत परासीमा कार्यरत कम्प्युटर अपरेटर राम लखन बनियालाई घुससहित नियन्त्रणमा लिएको छ ।
बनियाले लागू औषध मुद्दाको पुर्पक्षमा कारागार कार्यालय नवलपरासीमा रहेका सेवाग्राहीसँग छुटाई दिन सहजीकरण गर्न भन्दै घुस लिइसकेको अवस्थामा दुई लाख रुपियाँ घुससहित अख्तियारले नियन्त्रणमा लिएको हो ।
बनियाले सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट गएको टोलीले निजलाई दुई लाख रुपियाँ घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्हीनन्दन गाउँपालिका वडा नं. ३ बेलासपुर चोकबाट बुधबार नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बनियालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

ताजा समाचार

Related Articles