बारुलोले चिल्दा आठ जना घाइते

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख ३१ गते ।
हेटौँडा उपमहानगरपालिका वडा नं. ११ सहिद स्मारक नजिक जंगलमा बारुलाले चिलेर आठ जना घाइतेभएका छन् ।
परिवारको कलू पूजाको लागि घर नजिकै रहेको सहिद स्मारक पार्कभन्दा बाहिरको जंगलमा आगो बाल्ने क्रममा मंगलबार एक्कासि बारुलो चिलेर घाइतेभएको प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
घाइते हुनेमा हेटौँडा ११ सहिदस्मारक बस्ने वर्ष २२ की शर्मिला गुरुङ, वर्ष ७८ की रनुमाया गुरुङ, वर्ष ६१ का क्षत्रबहादुर गुरुङ, वर्ष ३४ की अमिला गुरुङ, वर्ष ३७ की कविता गुरुङ, वर्ष ६५ की कृष्णमाया गुरुङ, वर्ष ६४ की सुन्तलीमाया गुरुङ र वर्ष १९ का सन्जोग गुरुङ रहनुभएकको छ ।
सात जना उपचारपछि घर फर्किएको र रनुमाया गुरुङलाई हेटौँडा अस्पतालको आइसियू कक्षमा राखेर उपचार भएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles