खासकुरा संवाददाता
हेटौँडा, जेठ १ गते ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले पुर्व पश्चिम लोक मार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटे स्थित सडकखण्डमा सवारी साधन रोकी जाँच गर्ने क्रममा वीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको म १ प २१८ नं. को पर्यटक बसमा सवार दुई जना यात्रुलाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं. ५ बस्ने वर्ष २० का करण राय र वर्ष २९ को उपेन्द्र रायभर रहेका छन् ।
रायले बोकेको झोलाभित्र रहेको मोवाईल चार्जर भित्र लुकाई ल्याईएको अवस्थामा १८ ग्राम १५० मिलिग्राम खैरो हेरोईन फेला परेको छ ।
निजहरु करण राय र उपेन्द्र रायभरलाई नियन्त्रणमा लिई उक्त लागूऔषध कसुर मुद्दामा जिल्ला अदालत मकवानपुरबाट दिन पाँच म्याद अनुमति लिइ थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ ।
