काठमाडौँ, असार ४ गते । मनसुन पूर्वतयारी र प्रतिकार्यका बारेमा बृहत छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सभाहलमा बिहीबार भएको छलफलका क्रममा गृहमन्त्री सुधन गुरुङले बाढी, पहिरो, डुबान, सुख्खाको संभावित जोखिम क्षेत्र पहिचान गरी आवश्यक पूर्वतयारीमा रहन सबै निकायहरुलाई निर्देशन दिनुभयो। विपद्को सूचना छिटो भन्दा छिटो सर्वसाधारणमा पुर्याउनु पहिलो आवश्यकता रहेको भन्दै मन्त्री गुरुङले विपद् हुनासाथ तत्काल प्रतिकार्यमा सबै जुट्नसक्ने गरी संयन्त्र बनाउन पनि निर्देशन दिनुभयो।

यसैगरी सूचना संचारको कामलाई व्यवस्थित बनाउनु पर्ने, निकाय, विभाग र संस्थाहरुबीचको आन्तरिक सहकार्यलाई प्रभावकारी बनाउनु पर्ने, अस्थायी आश्रयस्थल र राहत वितरणको कार्य गर्दा विशेष प्रकारका नागरिकहरुलाई उनीहरुको प्राथमिकताका आधारमा व्यवस्थापन गर्नुपर्ने लगायतका विषयमा पनि मन्त्री गुरुङले जोड दिनु भयो। छलफलमा विभिन्न ११ वटा विषयगत क्षेत्रका नेतृत्वकर्ता९ीभबमक० सरकारी मन्त्रालयरनिकाय र सह(नेतृत्वकर्ता संयुक्त राष्ट्र संघीय निकायरनेपाल रेडक्रसका साथै तीनवटै सुरक्षा निकाय र अन्य सरोकारवाला संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो। छलफलमा विषयगत क्षेत्रका प्रतिनिधिहरुले विषेशगरी मनसुन अवधिका लागि आ(आफ्नो विषयगत क्षेत्रबाट भएको पूर्वतयारी र भइरहेका कामहरुबारे जानकारी गराएका थिए।




