हावाहुरीले प्रतीक्षालयमाथि रुख ढल्दा च्यापिएर दुई जनाको मृत्यु

लोकप्रिय

नवलपरासी पश्चिम् ,जेठ २ गते ।
अचानक आएको हावाहुरीले रुख ढल्दा च्यापिएर दुई जनाको मृत्यु भएको छ । सुनवल नगरपालिका–७ चारपालामा २ जनाको मृत्यु भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा सुनवल ७ निवासी ३० वर्षिया मिरा वयम्बु र सोही वडाका ४० वर्षीय दुर्गाबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परि ३ जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय नर्मा परियार, दुर्गा खाम्चा रहेको र एक जनाको परिचय नखुलेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि भलुही मेडिकल कलेज पठाइएको छ । उनीहरूको पनि अवस्था सामान्य नरहेको प्रहरीको भनाई छ ।
प्रहरीले स्थानीयहरूको सहयोगमा जेसिवि, क्रेन, लोडर, चेन स लयागतका उद्धार सामग्रीको प्रयोग गरि ढलेको रुख हटाउने कार्य गरिरहेको छ । उद्धार कार्य सकिएपछि मात्र घटनाको यकिन विवरण प्राप्त हुने प्रहरीको भनाई छ।
हावा हुरीसहित आएको पानीबाट जोगिन उनीहरू प्रतीक्षालयमा ओत लागेका थिए । तर प्रतीक्षालयमाथि नै रुख ढलेपछि मानवीय क्षति भएको प्रत्यक्षदर्शीको भनाई छ ।

ताजा समाचार

Related Articles