खासकुरा संवाददाता
हेटौँडा, जेठ १० गते ।
हेटौँडा उपमहानगरपालिका वडा नं. ८ का महिलाहरुलाई आयआर्जनका लागि बाख्रा वितरण गरिएको छ ।

हेटौँडा उपमहानगरपालिका ८ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा कर्णावती उद्यमी महिला कृषक समुहलाई एक कार्यक्रमका बिच उन्नत जातको बाख्रा वितरण गरिएको हो ।

समुहमा आवद्ध सदस्यलाई बोयर जातको प्रति सदस्य नौ–नौ वटा माउ र पाठी वितरण गरिएको वडा नं. ८ का वडाध्यक्ष राम थापाले जानकारी दिनुभयो ।

वडा कार्यालयको तीन लाख रुपियाँ बराबरको यस कार्यक्रमले महिला आफैले आयआर्जन गरी आत्मनिर्भर बन्न सहयोग पुग्ने वडाध्यक्ष थापाको भनाइ छ ।




