पार्टीलाई जीवन्त बनाउन लागेमा कसैले हराउन नसक्ने

लोकप्रिय

नवलपुर, भदौ १३ गते

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काग्रेसका कुनै पनि कार्यकर्ताले कुनै हिनताभाव नराखेर पार्टीलाई जीवन्त बनाउन आफ्नो ठाउँबाट समय दिन सके मात्र पनि कसैले हराउन नसक्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस नवलपरासी पूर्वको गैंडाकोट नेपाली कांग्रेसको प्रथम सममेलनको आज गैंडाकोटमा उद्घाटन गर्दै उहाँले सो विचार ब्यक्त गर्नुभएको हो ।

महामन्त्री तथा संघीय प्रतिनिधिसभा सदस्य शर्माले आज धेरै चुनौतीहरु हाम्रा बीचमा छन् ती सबै चुनौतीको सामना गरेर पार्टीका साथीहरुले हप्तामा तीन दिन मात्र समय दिनुभयो भने मात्र पनि कांग्रेसको जगलाई कसैले भत्काउन नसक्ने बताउनुभयो ।

बीपीको बिचार र सिद्धान्त आज पनि झन् झन् सान्दर्भिक हुँदै गएको बताउँदै नेपाली काग्रेसलाई रुपान्तरण गर्नुपर्ने समय आएकाले देशभरिका कार्यकर्तालाई बद्लिएको काग्रेस हेर्ने हुटहुटी जागेको स्पष्ट पार्नुभयो ।

कांग्रेस महामन्त्री शर्माले हामी सबैको चासो पार्टी बलियो हुनुपर्दछ, पार्टीका हरेक गतिबिधिहरु देश बनाउनेतर्फ अग्रसर हुनुपर्दछ र यसका लागि हामीले आफुलाई सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले बुटवल नारायणगढ सडक खण्डको सास्तीका बारेमा आफुले यसपटक अत्यन्त दुःख झेलेको र यहाँ बस्ने नागरिकले चार बर्ष देखि कति दुःख झेल्नुभएको होला म आँफैले ब्यक्त गर्न सकेको छैन भन्नुहुँदै यसको आफुले सदनमा र सरकारको गम्भीर ध्यानाकर्षण गराउने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णु लामिछाने, कार्यबाहक सभापति चन्द्रबहादुर रानामगर, पूर्व सांसद ओमकला गौतमलगायतले बलियो कांग्रेस निर्माणमा सबै कार्यकर्ता जिम्मेवार हुनुपर्नेमा जोड दिनुभएको थियो ।

ताजा समाचार

Related Articles