त्रिविवि उपकुलपति थापाद्वारा हेटौँडा क्याम्पसको निरीक्षण

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन १३ गते । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले वन विज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसको अवलोकन निरीक्षण गर्नुभएको छ ।
सो अवसरमा क्याम्पसमा शिक्षक र कर्मचारी अभाव, शैक्षिक तथा प्रशासनिक सेवा प्रवाहमा देखिएका चुनौतीहरू, साथै वन शिक्षासँग सम्बन्धित समसामयिक विषयहरूबारे समेत विस्तृत छलफल भएको थियो ।
उपकुलपति थापाले शिक्षक र कर्मचारी अभावलगायतका समस्या समाधानका लागि विश्वविद्यालयबाट आवश्यक समन्वय र पहल गर्ने भन्दै गुणस्तरीय शिक्षा, प्रभावकारी प्रशासन तथा विद्यार्थीहितलाई उच्च प्राथमिकतामा राखी अगाडि बढ्न निर्देशन दिनुभयो ।
वन विज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग सम्बन्धित समसामयिक विषय, देखिएका चुनौती तथा समन्वयका पक्षहरूबारे समेत छलफल भएको थियो । शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत सहकार्य तथा विद्यार्थीहितलाई प्राथमिकतामा राखी विश्वविद्यालयहरूबीच आपसी समन्वय, सहकार्य र संवादमार्फत विषयहरूको सकारात्मक समाधान गर्नुपर्ने सो अवसरमा आवश्यकतामा जोड दिइएको थियो ।
सो अवसरमा परीक्षा नियन्त्रक प्रा. डा. लक्ष्मण पौडेलको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles