कैलाशमा स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली तालिम सम्पन्न

लोकप्रिय

हेटौँडा, साउन १३ गते । मकवानपुरको कैलाश गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई लक्षित गरी आयोजना गरिएको तीन दिने स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली तालिम सम्पन्न भएको छ । यसअघि प्रेम सेवा समाजद्धारा आयोजित तालिमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले गाउँपालिकाको स्वास्थ्यका सम्पूर्ण स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा राख्दै आइरहेको बताउनुभयो । वडागत स्वास्थ्य प्रमुखलाई स्वास्थ्य क्षेत्रमा गरिने कार्यलाई चुस्त दुरुस्त राख्न गाउँपालिकाले ट्याब वा ल्याबटपको व्यवस्था गरेको भन्दै अध्यक्ष मुक्तानले गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा विभिन्न कार्य गर्दै आइरहेको बताउनुभयो । उहाँका अनुसार विशेषत् पोषण प्याकेज कार्यक्रमले आमा र बच्चाको लागि स्वास्थ्य सुरक्षा भइरहेको छ ।
सबै वडामा स्वास्थ्य पहुँच पुगेको बताउँदै उहाँले डाक्टर सहित १० शय्याको आधारभूत अस्पताल सञ्चालन भइरहेको र छ । आवश्यकता अनुसार वर्थिङ सेन्टर, सुत्केरीलाई आतेजाते निःशुल्क एम्बुलेन्स सेवा प्रवाह गरिरहेको बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले समाजले गाउँपालिका भित्र स्वास्थ्य क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै आगामी दिनहरुमा पनि गाउँपालिकाको साथ सहयोग र सहकार्य रहने बताउनुभयो ।
समाजका अध्यक्ष मीरा स्याङ्तानको अध्यक्षता तथा कार्यक्रममा थाहानगरपालिकाका पूर्व उपमेयर खड्ग गोपाली, कार्यक्रममा प्रशिक्षक सुजन श्रेष्ठ, सिडीईइएफका कार्यक्रम संयोजक भवानी प्रधान, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतम, प्रेम सेवा समाजका सचिव रामसिं प्रजा, कार्यक्रम संयोजक जानुका कान्दवालगायतको आतिथ्यता रहेको थियो ।
कैलाशका स्वास्थ्य शाखा, र सबैवडाका स्वास्थ्य चौकीका इन्चार्जहरुको सहभागितामा भएको तालिममा स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली, डाटा प्रविष्टि तथा तथ्याङ्क डिजिटललाइज्ड÷ व्यवस्थापन, सार्वजनिक सम्पति व्यवस्थापन प्रणालीको प्रयोग, व्यवस्थापन र यसको समुचित व्यवस्थापन सम्बन्धी ज्ञान, सीप अभिवृद्धि गरिने प्रशिक्षक सुजन श्रेष्ठले बताउनुभयो ।

ताजा समाचार

Related Articles