बाँडफाँटबाट करिब ६३ प्रतिशत राजस्व सङ्कलन

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ १२ गते ।
बागमती प्रदेश सरकारले बाँडफाँटबाट विभिन्न शीर्षकमा सङ्कलन गर्ने राजस्ववापत चालु आर्थिक वर्ष २०८१/०८२ को १० महिनाको अवधिमा ६२ प्रतिशतभन्दा बढी राजस्व प्राप्त गरेको छ ।

प्रदेश सरकारले चालु आव मा बाँडफाँटबाट २९ अर्ब ५५ करोड ८९ लाख प्राप्त हुने अनुमान गरिएकामा गत वैशाख सम्ममा ६२ दशमलव ७३ प्रतिशत अर्थात् १८ अर्ब ५४ करोड १७ लाख २१ हजार रुपियाँ राजस्व सङ्कलन गरेको हो ।

बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरणलगायतका अनुदानअन्तर्गत १५ अर्ब एक ५७ करोड ५६ लाख रुपियाँ प्राप्त हुने अनुमान गरिएकामा दश महिनामा आठ अर्ब ४७ करोड १७ लाख ३० हजार रुपियाँमात्र प्राप्त भएको छ ।

त्यसैगरी, चालु आव २०८१/८२ मा प्रदेश सरकारले आन्तरिक स्रोतबाट चार अर्ब ५३ करोड ८४ लाख ७९ हजार रुपियाँ राजस्व प्राप्त हुने अनुमान गरेकोमा यो अवधिमा ६७.७३ प्रतिशत अर्थात् तीन अर्ब सात करोड ३८ लाख ७७ हजार रुपियाँमात्र प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

ताजा समाचार

Related Articles