हेटौँडा, जेठ १२ गते ।
हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीका कुलेखानी–देउराली–मातातीर्थ–सतुङ्गल–सडकखण्ड स्तरोन्नतिका क्रमममा बन्द हुने भएको छ ।

पूर्वाधार विकास कार्यालय, ललितपुरले सडकखण्डमा ढलानको काम भइरहेकोले यही जेठ १३ गते मंगलबारबाट जेठ २० गतेसम्म उक्त सडक खण्डमा सवारीका साधन आवागमन बन्द गरिएको जनाएको छ ।

उक्त कार्यालयका कार्यालय प्रमुख राजु श्रेष्ठले सडक ढलान भईरहेको र उक्त सडक खण्डमा सवारीका साधन आवागमन हुँदा मोडहरुमा ढलान कार्यमा अप्ठ्यारो भएकोले सवारी आवागमन बन्द गरिएको जानकारी दिनुभयो ।

सवारी साधनको आवागमन बन्द गरी निर्माण कार्यमा सहजीकरण गर्न आग्रह गरिएको छ ।

कार्यालय प्रमुख श्रेष्ठद्वारा सोमबार जारी विज्ञप्तिमा उक्त सडक खण्डको सशस्त्र क्याम्पदेखि मकैबारीसम्म आठ दिनका लागि सवारी साधनको आवागमन बन्द गर्न भनिएको छ ।




