कैलाशका ९९ घरलाई सुधारिएको चुलो विवतरण

लोकप्रिय

हेटौँडा, जेठ १२ गते ।
मकवानपुरको कैलाश गाउँपालिकाको तीन वटा वडामा सुधारिएको धुँवा रहित चुलो वितरण गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले सोमबार एक कार्यक्रमका बिच पालिकाको वडा नं. नम्बर ३, ४ र ७ नम्बरमा बसोबास गर्ने ९९ घरधुरीलाई चुलो वितरण गर्नुभएको हो ।

कार्यक्रममा अध्यक्ष मुक्तानले बालबालिका र जेष्ठनागरिक आमाबाहरुको स्वास्थ्यमा खाना पकाउँदाको धुँवाले प्रतिकूल असर पारिरहेको अवस्थामा धुँवा रहित चुलो वितरणले स्वास्थ्य सुधारमा सहयोग पुग्ने बताउनुभयो ।

उहाँले वितरण गरिएको चुलोले स्थानीयलाई सहयोग पुग्ने भन्दै यो चुलो प्रयोगले दाउराको कम प्रयोग हुनुका साथै विभिन्न रोगबाट बच्न सकिने बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले धुँवा रहित चुलो प्रयोगबाट स्थानीय बासिन्दा लाभान्वित बन्ने बताउनुभयो ।
सांग्रिला डेभलपमेन्ट एशोसिएसनको सहयोगमा चुलो वितरण गरिएको हो । उक्त संस्थाका कार्यक्रम संयोजक मधुसदन राउतले स्वास्थ्य परियोजना अन्तरगत सुधारिएको धुँवा रहित चुलो वितरण गरिएको जानकारी दिनुभयो ।

पाँच जना प्राविधिकलाई तालिम दिएको उनीहरुले नै चुलो जडान गर्ने भन्दै राउतले यो चुलो प्रयोगले दाउराको कम प्रयोग हुनुका साथै विभिन्न रोगबाट बच्न सकिने बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष देवलाल बल, वडा नम्बर ४ का वडा सदस्य नमराज चेपाङ, कटुञ्जे स्वास्थ्य चौकीका प्रमुख आशाकुमारी गुरुङलगायतको आतिथ्यता रहेको थियो ।

ताजा समाचार

Related Articles