ट्याक्टरबाट खसेर बालिकाको मृत्यु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ १६ गते ।
सिन्धुली जिल्लाको दुधौली नगरपालिका २ गागनमा ट्याक्टरबाट लडी घाईते भएकी एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ ।

गागनबाट हत्पतेडाँडा जाने भित्री सडकखण्डमा गागनबाट हत्पतेडाँडातर्फ बालुवा लिई जाँदै गरेको प्र.२–०३–००१ त ३१६० नम्बको ट्याक्टरमा सवार हत्पते बस्ने वर्ष ११ की रुपमिना बरई मगरको ट्याक्टरबाट खसेर मृत्युभएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

रुपमिना बिहीबार अचानक ट्याक्टरबाट खसी घाईते भएपछि उपचारको लागि दुधौलीनगर अस्पताल सिर्थौली लगिएको थियो ।

प्रहरीका अनुसार घाईतेको टाउकोमा चोट लागि गम्भीर अवस्था रहेकोमा उपचारको क्रममा ११ः३५ बजेको समयमा उक्त हस्पिटलको डाक्टरले मृत घोषणा गरेका थिए ।

प्रहरीले ट्याक्टरका चालक जिल्ला सिन्धुली दुधौली नगरपालिका १ बस्ने वर्ष १८ को अर्जुन न्यौपाने र ट्याक्टर नियन्त्रणमा लिएको छ ।

ताजा समाचार

Related Articles