खासकुरा संवाददाता
हेटौँडा, जेठ १६ गते ।
मकवानपुर भीमफेदी गाउँपालिका ८ भ¥याङडाँडास्थित कान्ति लोकपथ सडक खण्डमा पहिरो खसेर अवरुद्ध बनेको लोकपथ सुचारुभएको छ । 

बिहीबार बिहान ३ः३० बजेको समयमा भ¥याङडाँडा स्थित कान्तिलोक पथ सडक खण्डमा सडक माथिबाट ढुङ्गासहितको सुख्खा पहिरो खसी बाटो पूर्ण रुपमा अवरुद्ध भएको उक्त सडक राति २०ः०० बजेको समयमा सुचारुभएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले पहिरो पन्छाएर सडक सुचारु गरेको जनाएको छ ।

साथै बगुवा खोलामा फसेको ना ३ ख ५१९६ नम्बरको डिब्बा ट्रक निकाली गएराति राति निकालेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार खोलामा फसेको ट्याङकरसमेत निकालिएको छ ।




