मनहरीमा दुर्घटना हुँदा तीन जना घाइते

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ २२ गते ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ८ सिमपानीमा सडक खण्डमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

बुधबार राति मनहरीबाट ज्यामिरेतर्फ जादै गरेको ना २० प. ९६१३ नं. को मोटरसाइकललाई सोही दिशातर्फ जादै गरेको बा.प्र.०३–००४प ४८५ नं.को मोटरसाइकलले पछाडिबाट ठक्कर दिई दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

दुर्घटनामा १.ना २० प. ९६१३ नं. मोटरसाइकलका चालकरौतहट बैजिमाई नगरपालिका २ बस्ने वर्ष ३० को जितेन्द्र कुमार महत्तो, सोही मोटरसाइकल पछाडि सवार देश भारत घर भई हाल मनहरी गापा ८ सिमपानीमा डेरा गरी बस्ने वर्ष ३५ को प्रवेश जैसवाल र बा.प्र.०३–००४प ४८५ नं. मोटरसाइकलका चालक मनहरी गापा ९ ज्यामिरे बस्ने वर्ष ३४ का रोसन मुक्तान रहनुभएको छ ।

प्रहरीका अनुसार तीनै जनाको मनहरीस्थित अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि चितवन तर्फ पठाईएको छ ।

ताजा समाचार

Related Articles