सुनसरी, जेठ २२ गते । सुनसरीको हरिनगर गाउँपालिका-५ र ६ स्थित कटान खोलाको बगरमा बालुवाले पुरेर लुकाई छिपाई राखेको अवस्थामा १ हजार १ सय २० किलिग्राम गाँजा प्रहरीले वरामद गरेको छ । 

जेठ २० गते खोला बगरमा गाँजा लुकाई राखेको छ भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय देवानगंज र शसस्त्र प्रहरी बल समेतको संयुक्त प्रहरी टोलीले कटान खोला बगरमा खोजतलास गर्ने क्रममा बालुवा मुनी गाडेको अवस्थामा प्लास्टिकको ३८ वटा बोरामा प्याक गरी राखेको १ हजार १ सय २० किलिग्राम गाँजा फेला पारेको हो ।

बरामद भएको गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याईएको छ भने ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजतलास तथा अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




