खासकुरा संवाददाता
हेटौँडा, जेठ २४ गते ।
मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुर उत्तरी शाखाको नवौँ वार्षिक साधारण सभा सम्पन्नभएको छ ।

थाहा नगरमा शनिबार भएको साधारणसभाले एसोसिएसनको शाखा अध्यक्षमा निरज रायमाझीलाई सर्वसम्मत् चयन गरेको छ ।

समिति उपाध्यक्षमा गणेश विष्ट, सचिव सुविन्द्रमान प्रधान र कोषाध्यक्षममा पशुपति विष्ट निर्वाचित हुनुभएको छ ।

यस्तै शाखा सदस्यहरूमा तारा लामा, हिरा रायमाझी, फणिन्द्र नाथ सुबेदी, माधव पन्थ र प्रमोद रौनियार रहनुभएको छ ।

एशोसिएसनको अध्यक्ष रोशन रायमाझीको अध्यक्षता तथा संस्थाका संस्थापक अध्यक्ष गोकर्ण बरुवालको प्रमुख आतिथ्यतामा साधारण सभा तथा निर्वाचनभएको हो ।




