सुनको तिलहरी चोरीमा संलग्न तीन जना पक्राउ

लोकप्रिय

हेटौँडा, जेठ २९ गते ।
प्रहरीले हेटौँडाबाट सुनको गहना चोरीमा संलग्न तीनलाई पक्राउ गरेको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नं. १८ रामधुनी चोकस्थित उषा परियारको सुनको गहना चोरी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार स्थानीय २४ वर्षीय उपेन्द्र बहादुर विश्वकर्मा, वर्ष ३० को संजीव गोतामे र वडा नं. ४ बस्ने वर्ष २५ को सन्त बहादुर बराईलीलाई पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार परियारको आफ्नै घरबाट मंगलबार सुनको तिलहरी एक थान चोरी भएको थियो । तीनै जनालाई चोरीका सुनको गहना सहित बुधबार पक्राउ गरी चोरी तथा डाँका सम्बन्धी कसुर मुद्धामा मकवानपुर जिल्ला अदालत हेटौँडाबाट पाँच दिनको म्याद अनुमति लिई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ताजा समाचार

Related Articles