हेटौँडा, जेठ २९ गते ।
चट्याङ लागेर मकवानपुरको कैलाश गाउँपालिकामा एक जनाको मृत्यु र बागमती गाउँपालिकामा एक जना घाइते भएका छन् ।

कैलाश गाउँपालिका वडा नं. ९ थामलेकका १४ वर्षीय कान्छा गोलेको चट्याङ लागेर घटनास्थलमा नै मृत्युभएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले आफ्नै घर बाहिरको पेटीमा रहेको खाटमा बसीरहेको अवस्थामा बुधबार चट्याङ लाग्न गई गालेको घटनास्थलमा नै मृत्युभएको जानकारी दिनुभयो ।

उक्त घटनास्थल अस्थायी प्रहरी पोष्ट नामटार मकवानपुरबाट करिब २५÷२६ कि.मि. दक्षिण रहेको प्रहरीको भनाई छ ।
यस्तै मकवानपुर बागमती गाउँपालिका २ स्थित देउरालीगाँउमा बिहीबार साँझ चट्याङ लागेर वर्ष ३२ का कृष्ण बहादुर श्रेष्ठ घाइते हुनुभएको छ ।

आफ्नै घरमा बसिरहेको अवस्थामा अविरल वर्षासँगै परेको चट्याङको झिल्काले लागि कम्मरभन्दा मुनिको भाग नचल्ने गरी श्रेष्ठ घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइते श्रेष्ठको राईगाँउ स्वास्थ्य चौकीमा उपचार भईरहेको छ । यस्तै सोही स्थानका कमलजंग रानामगरको जस्ताले छाएको र्इँटाले बनेको एक तले घरमा चट्याङले आंशिक क्षति पु¥याएको छ ।
